राजावादी समूह बानेश्वर नजाने, टुँडिखेल घुम्ने (तस्वीरहरू)

राजावादी समूह बानेश्वर नजाने, टुँडिखेल घुम्ने (तस्वीरहरू)

काठमाडौं । आन्दोलनरत राजावादी समूह नयाँ बानेश्वरतर्फ नजाने भएको छ ।

रत्नपार्कबाट भृकुटीमण्डप हुँदै बानेश्वर जाने तयारी उनीहरूले बीचैमा रोक्नुपरेको हो ।

प्रहरीले अगाडि बढ्न नदिएपछि उनीहरूले अब टुँडिखेल वरिवरि घुम्ने कार्यक्रम तय गरेका छन् । शहीदगेट हुँदै टुँडिखेल घुमेर रत्नपार्कमै पुगी प्रदर्शन जारी राख्ने राप्रपाले जनाएको छ ।

राजावादी समूहले बिहीबार काठमाडौंका विभिन्न सात ठाउँबाट जुलुस निकालेका छन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको नेतृत्वमा नारायणचौरबाट एउटा जुलुस निस्किएको थियाे ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोली मैतीदेवीबाट रत्नपार्क आइपुगेकाे छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सिफलबाट निस्किने जुलुसको नेतृत्व गरेका थिए ।

यससँगै अहिले सात जुलुस निकालेर सात ठाउँबाट आएका सबै नेता रत्नपार्क आइपुगेका छन् ।

तस्वीरहरू :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved