दोहोरो अङ्कले बढ्यो सेयर बजार, राधी विद्युत्‌मा झुम्मिए लगानीकर्ता

नेपालभ्युज

दोहोरो अङ्कले बढ्यो सेयर बजार, राधी विद्युत्‌मा झुम्मिए लगानीकर्ता
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १९ दशमलव ३० अङ्कले बढेर २६२८ दशमलव ३६ को विन्दुमा पुगेको छ ।

सोमबार ३२४ कम्पनीका ७१ हजार २८७ पटकको कारोबारमा एक करोड ६२ लाख ०५ हजार ५५८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

१८५ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमसुहमध्ये होटेल र पर्यटन घट्दा बाँकी हरियाली छन् । आज सप्तकोशी विकास बैङ्कका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने राधी विद्युत्‌को सर्वाधिक कारोबार भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved