नीलो आँखा सौन्दर्यको वरदान कि शारीरिक समस्या ?

नेपालभ्युज

नीलो आँखा सौन्दर्यको वरदान कि शारीरिक समस्या ?
Photo by Korchnoi-Pasaribu

काठमाडौं । नीलो आँखाको सुन्दरताले विश्वभरका मानिसहरूलाई मोहित बनाउने गरेको छ । यस्तो आँखाको रङ्ग दुर्लभ मानिन्छ र यो स्वाभाविक रूपमा कमै मानिसहरूमा देखिन्छ ।

तर, इन्डोनेसियाको सुलावेसी प्रान्तमा रहेको एउटा द्वीप यस्तो पनि छ, जहाँ प्रायः मानिसका आँखाहरू नीलो छन् । सुलावेसीको बुटोन द्वीपमा बसोबास गर्ने बुटोन जनजातिका मानिसहरूको आँखाको प्राकृतिक रङ्ग नै नीलो हुन्छ । उनीहरूको आँखाहरू काँचको गोलीजस्तै चम्किला र आकर्षक देखिन्छन् । तर, यो कुनै सौन्दर्यको वरदान मात्र होइन, यसको पछाडि एउटा गम्भीर कारण लुकेको छ ।

जीनको गडबडीले ल्याएको दुर्लभ आँखाको रङ्ग

विशेषज्ञहरूको अनुसार बुटोन जनजातिमा देखिएको यो नीलो आँखाको कारण एक दुर्लभ जेनेटिक विकार हो, जसलाई वार्डेनबर्ग सिन्ड्रोम (Waardenburg-syndrome) भनिन्छ । यो विकारका कारण मानिसको आँखाको पिग्मेन्टेशनमा परिवर्तन आउँछ र सुन्नमा समेत समस्या देखिन सक्छ ।

आनुवंशिकी अध्ययनका अध्ययनहरूले यस सिन्ड्रोमको उत्पत्ति र यसको प्रभावलाई व्याख्या गरेका छन् । वार्डेनबर्ग सिन्ड्रोम भएका व्यक्तिहरूमा धेरै शारीरिक समस्याहरू देखिन्छन्, जस्तै एक आँखाको रङ्ग नीलो र अर्को खैरो हुने, शरीरमा सेतो दाग र टाउकोको केही भागमा सेता कपाल हुने समस्या । यो अवस्था भ्रूणको विकासको क्रममा उत्पन्न हुने जीन म्युटेसन (Gene-Mutation) बाट हुन्छ ।

नीलो आँखाले आकर्षक देखिए पनि यो केवल सौन्दर्यको वरदान मात्र होइन, शारीरिक समस्याहरूको सङ्केत पनि हुन सक्छ । अमेरिकन नेसनल इन्स्टिच्युट अफ हेल्थका (National-Institutes-of-Health) अनुसार, वार्डेनबर्ग सिन्ड्रोम भएका धेरै व्यक्तिहरूलाई सुन्ने क्षमतामा कमजोरी, छालाको समस्या र सामाजिक रूपमा छुट्टै पहिचानको चुनौती गर्नुपर्छ ।

विश्वले चिन्यो फोटोग्राफरका तस्वीरबाट

इन्डोनेशियाली फोटोग्राफर कोर्चनोई पासारिबुले (Korchnoi-Pasaribu) बुटोन द्वीपमा गएर त्यहाँका नीलो आँखाका मानिसहरूको तस्वीर खिचेका थिए । उनका ती तस्वीरहरू सामाजिक सञ्जालमार्फत संसारभर चर्चित बनेपछि बुटोन जनजातिको यो विशेषता विश्वसामु उजागर भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved