गण्डकीका एम्बुलेन्समा जीपीएस

एउटा एम्बुलेन्समा जीपीएस जडान गर्नको लागि १२ हजार खर्च लाग्ने बताइएको छ।

नेपालभ्युज

गण्डकीका एम्बुलेन्समा जीपीएस

पोखरा। गण्डकी प्रदेशमा गुड्ने एम्बुलेन्समा जीपीएससहित जडान गरिने भएको छ।

प्रदेश स्वास्थ्य जनसंख्या मन्त्रालयको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा प्रेषण केन्द्र स्थापना गरी एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको हो।

यस कार्यको लागि स्वास्थ्य निर्देशनालयबाट ३८ लाख र नेपाल रेडक्रसबाट ६२ लाख खर्च गर्नेछन्। एउटा एम्बुलेन्समा जीपीएस जडान गर्नको लागि १२ हजार खर्च लाग्ने बताइएको छ।

यही २३ र २४ माघमा रेडक्रस र सरकारी अस्पतालका २५ एम्बुलेन्समा जीपीएस जडान गरिएको छ।

प्रदेशमा सरकारी अस्पताल, रेडक्रस अन्य सामाजिक संघ र निजी अस्पतालका गरी २१६ एम्बुलेन्स सञ्चालनमा रहेकोमा तत्काललाई १५० ओटा एम्बुलेन्समा जीपीएस जडान गरिने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved