बार एसोसियसनको निर्वाचनमा मिश्रको करिब दोब्बर मतको अग्रता

नेपालभ्युज

बार एसोसियसनको निर्वाचनमा मिश्रको करिब दोब्बर मतको अग्रता

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्ता गठबन्धन निकट उम्मेदवार विजयप्रसाद मिश्रले मतान्तर करिब दोब्बर बनाएका छन् ।

अध्यक्षका उम्मेदवार मिश्रले १६७६ मत प्राप्त गर्दा प्रतिपक्षी गठबन्धनका रमनकुमार श्रेष्ठले ८५६ मत ल्याएका छन् ।

मिश्र नेपाली काङ्ग्रेस र एमाले निकटका कानुन व्यवसायीका साझा उम्मेदवार हुन् भने श्रेष्ठ नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा निकट कानुन व्यवसायीको साझा उम्मेदवार हुन् ।

बारमा कुल मतदाता ९ हजार ९९७ मत रहेकोमा ७ हजार ९९५ मत खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved