काठमाडौं । हाल देशका पहाडी भू–भागमा आङ्शिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी तथा स्थानीय वायुको आङ्शिक प्रभाव रहेको छ ।
आज (मङ्गलबार) कोशी प्रदेशलगायत बागमती र गण्डकीको पहाडी भू–भागमा आङ्शिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आङ्शिक बदली रहने विभागले जनाएको छ ।
विभागका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आङ्शिक बदली रही बाँकी भू–भागमा आङ्शिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ ।
कोशी र मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
Facebook Comment
Comment