स्ववियु निर्वाचन : मध्यपश्चिम विश्वविद्यालयमा खस्यो ६५.३४ प्रतिशत मत

नेपालभ्युज

स्ववियु निर्वाचन : मध्यपश्चिम विश्वविद्यालयमा खस्यो ६५.३४ प्रतिशत मत

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सकिएको छ ।

नयाँ नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा कुल २८ सय ६४ मत खसेको छ । जुन ६५.३४ प्रतिशत हो । विश्वविद्यालयमा ४ हजार ३ सय ८३ मतदाता थिए ।

सहायक मतदान अधिकृत जगत ढकालका अनुसार विश्वविद्यालयका ३४.६६ प्रतिशत विद्यार्थीहरू मतदानमै सहभागी भएनन् ।

आज बेलुका नै मतगणना सुरु हुने र भोलि विहानसम्म परिणाम आउने स्ववियु निर्वाचन कमिटीले जनाएको छ ।

६ वर्षपछि भएको स्ववियु  निर्वाचनबाट अध्यक्ष, सचिव र कोषाध्यक्षसहित १० जना प्रत्यक्ष र ९ जना समानुपातिक गरी १९ निर्वाचित हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved