पाँच दिनदेखि बेपत्ता भारतीय युवक कालीगण्डकीमा मृत भेटिए

नेपालभ्युज

पाँच दिनदेखि बेपत्ता भारतीय युवक कालीगण्डकीमा मृत भेटिए
फाइल फोटो

पाल्पा । पाँच दिनदेखि बेपत्ता भारतीय युवक कालीगण्डकी नदीमा मृत फेला परेका छन् ।

पाल्पाको बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएका भारतको उत्तरप्रदेशको गोरखपुरका २५ वर्षीय शिवम पाण्डेय मृत फेला परेका हुन् ।

गत बुधबार दिउँसो नुहाउने क्रममा पाण्डेय बेपत्ता भएका थिए । उनको शव राम्दी घाटदेखि झण्डै एक किलोमिटर टाढा बग्दै गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

पोखराबाट घुमेर घर फर्किने क्रममा पाण्डेसहित चारजना कालीगण्डकीमा नुहाउन गएका थिए । सो क्रममा पाण्डेय डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved