विवाहपछि किन मोटाउँछन् पुरूषहरू ?

नेपालभ्युज

विवाहपछि किन मोटाउँछन् पुरूषहरू ?

एजेन्सी । तपाईंले देख्नुभएको होला विवाहपछि धेरैजसो पुरुष मोटाउँछन् । हो, विवाहपछि पुरुषहरूमा ‘ह्याप्पी फ्याट’ कारण मोटोपन हुन्छ ।

यो तथ्य युरोपेली देश पोल्यान्डमा गरिएको एक अनुसन्धानबाट आएको हो । यो अनुसन्धान गर्ने वैज्ञानिकका अनुसार विवाहपछि पुरुषलाई मोटोपनको बढी खतरा हुन्छ, जबकि महिलामा यसको कुनै विशेष प्रभाव पर्दैन । सजिलो भाषामा भन्दा विवाह र मोटोपनाबीच एक सिधा सम्बन्ध हुन्छ, जुन सबै मानिसले थाहा पाउनुपर्छ ।

नेशनल इन्स्टिच्युट अफ कार्डियोलोजीको अनुसन्धान टोलीले विवाहले पुरुषको तौल बढाउन सक्ने कुरा पत्ता लगाएको हो । विवाह र मोटोपनसम्बन्धी गरिएको अध्ययनमा ५० वर्षको औसत उमेर भएका २ हजार ४०५ मानिसहरूलाई समावेश गरिएको थियो । यसमा ५० प्रतिशत महिला र ५० प्रतिशत पुरुष थिए । वैज्ञानिकहरूले उनीहरूको डाटाको गहन विश्लेषण गरेका छन् । अनुसन्धानमा संलग्न हुनेमा ३५.३ प्रतिशत सामान्य तौल भएका ३८.३ प्रतिशत अधिक तौल र २६.४ प्रतिशत मोटा थिए ।

अविवाहितको तुलनामा विवाहित पुरुषमा मोटोपन बढ्ने सम्भावना ३.२ गुणा बढी हुन्छ । अध्ययनमा विवाहित र अविवाहित महिलाबीच मोटोपनमा कुनै विशेष अन्तर पाइएन ।

इकोनोमिक्स एन्ड ह्युमन बायोलोजी नामक पत्रिकामा प्रकाशित अध्ययनमा विवाह गर्नाले पुरुषमा पहिलो ५ वर्षभित्र बडीमास इन्डेक्स बढ्छ पाइएको छ । पुरुषहरूले विवाहपछि बढी खाना खाने र व्यायाम कम गरेको कारण बीएमआईमा वृद्धि भएको हो । कुनै व्यक्ति आफ्नो सम्बन्धमा जति बढी सन्तुष्ट हुन्छ, उसको मोटाउने सम्भावना त्यति नै बढी हुन्छ र यसलाई सामान्यतया “ह्याप्पी फ्याट” भनिन्छ ।

अध्ययनअनुसार उमेर बढ्दै जाँदा दुवै लिङ्गमा अधिक तौल र मोटोपनको जोखिम पनि बढ्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved