काठमाडौं । रुपन्देहीको कञ्चन गाउँपालिकास्थित हरैया बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यनिुयन (स्ववियू) निर्वाचनमा नेवि संघ र अखिल क्रान्तिकारीको पुरै प्यानल विजयी भएको छ ।
अध्यक्ष पदमा नेविसङ्घ र र अखिल क्रान्तिकारीको संयुक्त प्यानलका उम्मेदवार जीवन कुमार धवल २८५ मतसहित विजयी भएका हुन् । नेकपा एमाले निकट अनेरास्ववियु र जनमत पार्टी निकट जनमत विद्यार्थी सङ्घको प्यानलका राजेश यादवले भने १३५ मत पाएको निर्वाचन अधिकृत रामजी आचार्यले जानकारी दिए ।
सचिवमा मनोज थापाले २७२ मत पाउँदा सन्दीप कुर्मीले १४१ मत पाए । यस्तै कोषाध्यक्षमा अमृता ज्ञवालीले २७० मत पाउँदा स्नेहा विस्वकर्माले १४० मत पाइन् ।
यस्तै सदस्यहरुमा नेविसंघ–अखिल क्रान्तिकारी प्यानलका अशोक थापा,सुमित वि.क.,परमशिला यादब,गुड्डु लोनिया र अश्मी थापा निर्वाचित भएका छन्।
५०३ मतदाता रहेको क्याम्पसमा ४२४ मत खसेको थियो ।
Facebook Comment
Comment