गिरीबन्धु र भुटानी शरणार्थीको पाप पखाल्दा लोकतन्त्र मैलो भयो : प्रचण्ड

नेपालभ्युज

गिरीबन्धु र भुटानी शरणार्थीको पाप पखाल्दा लोकतन्त्र मैलो भयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरीबन्धु र भुटानी शरणार्थीजस्ता काण्ड पखाल्दा लोकतन्त्र मैलो भएको बताएका छन् ।

सन् १९८५ मा रिलिज भएको ‘राम तेरी गङ्गा मैली’ फिल्मको ‘गङ्गा मैली हो गई पापीओं के पाप धोते धोते’ गीतको भाव आउनेगरी प्रचण्डले लोकतन्त्रलाई सत्तारुढ दलहरुले नै फोहोर बनाएको आरोप लगाएका हुन् ।

उनले भने, ‘पछिल्ला आठ महिनामा तपाईंहरुले लोकतन्त्रलाई गङ्गा नदी बनाइदिनुभयो । एकअर्कालाई चोख्याएर नक्कली भुटानी शरणार्थी काण्ड धुनुभयो, तर फोहोर भयो लोकतन्त्र,’ प्रचण्डले भने ।

यही कारण व्यवस्थामाथि आक्रोश पोखिन लागेको उनले सुनाए । उनले भने, ‘बालमन्दिर धुनुभयो तर फोहोर थुप्रियो लोकतन्त्रमा । गिरीबन्धु धुनुभयो, त्रिभुवन विश्वविद्यालयका जमिनहरुको काण्ड धुनुभयो तर जनताको नजरमा मैलो के देखियो ? लोकतन्त्र । तपाईंहरुप्रतिको आक्रोश आज व्यवस्थाविरुद्ध पोखिन खोज्दै छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved