टोखा गोली काण्ड : पक्राउ परेका गुड्डु लाल मोहम्मद प्रकरणका भारतीय सुटर

नेपालभ्युज

टोखा गोली काण्ड : पक्राउ परेका  गुड्डु लाल मोहम्मद प्रकरणका भारतीय सुटर

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले गोली हानी पक्राउ गरेका व्यक्ति लाल मोहम्मद प्रकरणका फरार आरोपी रहेको खुलेको छ ।

सर्लाहीको हरिवन नगरपालिका–२ का मोहम्मद ३ असोज २०७९ मा अज्ञात व्यक्तिको गोली प्रहारबाट मारिएका थिए ।

टोखामा गोली हानी पक्राउ गरिएका गुड्डु पटेल मोहम्मद हत्यामा संलग्न सुटर रहेको प्रहरीले बताएको छ । पटेल  नेपाल आएको थाहा पाएर पिछा गरिरहँदा  प्रहरीलाई नै आक्रमण गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार सुरूमा दुई राउण्ड हवाई फायर गरिएको र  स्थितिलाई नियन्त्रणमा लिन थप गोली चलाउनु परेपछि उनी घाइते भएका थिए ।

एक राउन्ड गोली लागेका पटेलको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ । आफूलाई पक्राउ गर्न प्रहरी आएको सुइको पाएपछि पटेल भागेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved