बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

नेपालभ्युज

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । प्रहरीले बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका– ८ घर भएका ३५ वर्षीय कमलबहादुर बोहरा छन् ।

उनी गोरखाको धार्चे गाउँपालिकास्थित एक विद्यालयमा कार्यररत छन् । उनीमाथि १५ वर्षीया बालिकामाथि पटक-पटक जबरजस्ती करणी गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी इन्द्रप्रसाद सुवेदीकाअनुसार बोहरामाथि जिल्ला अदालत गोरखाबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved