ठमेलमा प्रहरी कुट्ने अनेरास्ववियुका नेता धरौटी बुझाएर रिहा

नेपालभ्युज

ठमेलमा प्रहरी कुट्ने अनेरास्ववियुका नेता धरौटी बुझाएर रिहा

काठमाडौं । ठमेलमा प्रहरी कुट्ने नेकपा एमालेको विद्यार्थी सङ्गठन (अनेरास्ववियु) का नेताहरु नेताहरू धरौटी बुझाएर रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जना नेतालाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि धरौटी बुझाएर पाँचै जना रिहा भएको प्रहरी वृत्त दरबारमार्गले जनाएको छ ।

अदालतले अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई   जनही १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।  यस्तै अदालतले रमेश फुलारालाई भने  १५ हजार धरौटीमा छाड्न आदेश दिएको हो।

सो समूहबाट २४ माघको राति ड्यूटीमा खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट कुटिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved