राजेन्द्र लिङ्देनको माग : पूर्वराजालाई स्पेस दिऊँ

नेपालभ्युज

राजेन्द्र लिङ्देनको माग : पूर्वराजालाई स्पेस दिऊँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नुजस्तो भाष्य बनाउन खोजिएको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको  बैठकमा लिङ्देनले आफू निरन्तर गणतन्त्रको विरोधमा उभिरहने भन्दै गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नुजस्तो भाष्य बनाउन खोजिएको बताएका हुन् ।

पूर्वराजालाई कुनै नै कुनै स्पेस दिनुपर्ने र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने मान्यता राप्रपाको रहेको उनले बताए ।

उनले लडेर वा विदेशीको बुइ चढेर ल्याएको गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने निरन्तर विरोध गरिराख्ने उल्लेख गरे ।

त्यस्तै, लिङदेनले पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङको फुङलिङ क्षेत्र अशान्त रहेको भन्दै राजनीतिक दलले अन्देखा गरिरहेको र व्यापारिक स्वार्थका लागि भाइ–भाइ लडाउने काम भएको आरोप लगाए ।

उनले पाथीभरामा केबलकार निर्माणलाइ रोक्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved