क्रिकेटर युजवेन्द्र चहल र धनश्री वर्माको सम्बन्धविच्छेद

नेपालभ्युज

क्रिकेटर युजवेन्द्र चहल र धनश्री वर्माको सम्बन्धविच्छेद

काठमाडौं । भारतीय क्रिकेटर युजवेन्द्र चहल र उनकी श्रीमती धनश्री वर्माको सम्बन्धविच्छेद भएको छ ।

कानुनी प्रक्रिया पूरा गरेपछि दुवैले आधिकारिक रूपमा अलग हुने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मिडिया हाउसको रिपोर्टअनुसार यस मुद्दासँग परिचित एक वकिलले भने, “अन्तिम सुनुवाइ र सबै आवश्यक औपचारिकता बिहीबार बान्द्रा पारिवारिक अदालतमा पूरा भएको थियो, जसमा दुवै जना बिहान ११:०० बजेदेखि उपस्थित थिए ।”

रिपोर्टका अनुसार सुनुवाइको क्रममा न्यायाधीशले दम्पतीलाई लगभग ४५ मिनेटसम्म चलेको परामर्श सत्रमा उपस्थित हुन निर्देशन दिएका थिए ।

न्यायाधीशले सोध्दा चहल र धनश्री दुवैले आपसी सहमतिमा सम्बन्ध विच्छेद चाहेको बताएका थिए ।

बान्द्रा पारिवारिक अदालतमा छलफलपछि न्यायाधीशले आधिकारिक रूपमा दिउँसो ४:३० बजे सम्बन्ध विच्छेदलाई स्वीकृति दिएका हुन् ।

युजवेन्द्र र धनश्रीको विवाह ११ डिसेम्बर २०२० मा भएको थियो । दुवै जना विगत १८ महिनादेखि छुट्टाछुट्टै बस्दै आएका थिए ।

चहल र धनश्री बीचको सम्बन्ध विच्छेदको हल्ला लामो समयदेखि सामाजिक सञ्जालमा फैलिरहेको थियो । यद्यपि, चहल र धनश्रीको आधिकारिक बयान अझै बाहिर आएको छैन ।

धनश्रीले झलक दिखला जा-११ को एक एपिसोडमा युजवेन्द्र सँगको आफ्नो प्रेमकथाको बारेमा खुलासा गरेकी थिइन् । उनले लकडाउनको समयमा चहलले नृत्य सिक्न कसरी सम्पर्क गरेका थिए भनेर बताएकी थिइन् । यसपछि धनश्रीले उनलाई नृत्य सिकाउन राजी भइन् । पछि दुवै जना एकअर्काको प्रेममा परे ।

२०२३ मा युजवेन्द्रले आफ्नो सामाजिक सञ्जालमा एउटा कथा सेयर गरेका थिए, जसमा लेखिएको थियो, नयाँ जीवन आउँदैछ ।

यसपछि धनश्रीले आफ्नो इन्स्टाग्राम प्रयोगकर्ता नामबाट चाहल थर हटाएकी थिइन् । यसपछि उनीहरूको सम्बन्ध विच्छेदको हल्ला तीव्र भयो । यद्यपि, क्रिकेटरले पछि सम्बन्ध विच्छेदको खबरलाई अफवाह भनेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved