शिक्षिकाले यातना दिँदा तीन विद्यार्थी घाइते

नेपालभ्युज

शिक्षिकाले यातना दिँदा तीन विद्यार्थी घाइते

दमौली । तनहुँको भिमाद नगरपालिका–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कूलका शिक्षिकाको यातनाबाट तीन जना विद्यार्थी घाइते भएका छन् ।

विद्यालयकी शिक्षिका एवं लेखापाल सोही ठाउँ बस्ने ३४ वर्षीया सुष्मा श्रेष्ठले यातना दिँदा कक्षा ४ मा अध्ययनरत तीन जना विद्यार्थी घाइते भएका हुन् ।

कक्षाकोठामा होहल्ला गरेको भनी सजाय दिने क्रममा श्रेष्ठले तातो पन्यु हान्दा तीन जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । उनले भने, “एक जना बालकलाई खाना पकाउने तातो पन्युले गालामा डाम्दा घाइते भएको भनि सामाजिक सञ्जालमा प्रशारण भएको थियो । सो सम्बन्धमा बुझ्दा अन्य दुई जना पनि पीडित भएको खुल्न आएको छ,” अधिकारीले भने ।

बालकहरूको अभिभावकबाट जाहेरी लिई निज लेखापाल एवं शिक्षिका सुष्मा श्रेष्ठलाई आज नियन्त्रणमा लिइ बालबालिका विरुद्धको कसुरमा तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved