चोरीको मोबाइल चोर्न खोज्दा युवकको हत्या

नेपालभ्युज

चोरीको मोबाइल चोर्न खोज्दा युवकको हत्या

काठमाडौं । चोरीको मोबाइल कसले लिने भन्ने विषयमा दुई समूहबीच विवाद हुँदा चावहिलमा युवकको हत्या भएको खुलेको छ ।

काठमाडौं महानगरपालिका–७ स्थित चावहिलको कुमारीगालमा गत आइतबार बिहान दुई समूहबीचको झडप हुँदा २३ वर्षीय अमृत भनिने सङ्घर्ष कार्कीको हत्या भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मङ्गलबार पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी दिएको छ ।

एसपी अपिलराज बोहोराले भने, “एउटा समूहले कुनै व्यक्तिको मोबाइल चोर्छ । मोबाइल चोरेको अर्को समूहले देख्छ, र त्यो मोबाइल चोर्न खोज्छ । सो क्रममा झगडामा ती युवकको ज्यान गएको देखिन्छ ।”

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा न्युतु शेर्पा, १९ वर्षीय क्षितिज कार्की र विशाल तामाङ छन् ।

घटनाका संलग्न एक जना भने फरार छन् । फरार रहेका व्यक्तिको खोजी कार्य जारी रहेको एसपी बोहोराले बताए ।

पक्राउ परेकाहरूलाई ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved