च्याम्पियन्स लिग : पुनरागमन जित हासिल गर्दै म्यानचेस्टर सिटी प्लेअफमा

नेपालभ्युज

च्याम्पियन्स लिग : पुनरागमन जित हासिल गर्दै म्यानचेस्टर सिटी प्लेअफमा

काठमाडौं । पुनरागमन जित हासिल गर्दै इङ्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको ‘प्लेअफ’मा स्थान बनाएको छ ।

बिहीबार बिहान भएको खेलमा बेल्जियन क्लब ब्रागालाई ३–१ गोलअन्तरले हराउँदै पूर्वविजेता सिटी पहिलो चरणबाटै बाहिरिनबाट जोगिएको हो ।

च्याम्पियन्स लिगको नयाँ संरचना अनुसार अंक तालिकाको शीर्ष ८ मा रहने टोलीले सिंधै नकआउटचरणमा पुग्नेछन् ।

घरेलु मैदान इतिहादमा सिटी खेलको ४५औं मिनेटमा एक गोलले पछि परेको थियो । राफायल ओन्येडिकाले गोल गर्दै पाहुना टोली ब्रागालाई अग्रता दिलाएका हुन् ।

तर दोस्रो हाफको सुरुवातमा बराबरी गोल गर्दै सिटी खेलमा फर्केको थियो । खेलको ५३औं मिनेटमा माटेओ कोभासिचले बाराबरी गोल गरेका हुन् ।

यसपछि ६२औं मिनेटमा साभिन्होको क्रसलाई जोगाउन जोल ओर्डोनेजको प्रयासमा आत्मघाती गोल भएपछि सिटीले अग्रता लिएको थियो । साभिन्होले ७७औं मिनेटमा गोल गरेपछि सिटी ३–१ ले विजयी भएको हो ।

सिटी अन्तिम खेलअघि अंक तालिकाको २५औं स्थानमा थियो । यसर्थ प्लेअफको सम्भावनालाई जीवित राख्न सिटीलाई जित आवश्यक थियो । बिहीबार बिहान त्यो सम्भव भयो ।

लिगका ८ खेलमा ३ जितसहित ११ अंक बनाएर २२ औं स्थानमा रहँदै सिटी प्लेअफमा पुगेको हो । समान ११ अंक जोडेको ब्रागा पनि २४औं स्थानमा रहेर प्लेअफमा पुगेको छ ।

शीर्ष ८ टोली सिधै अन्तिम १६ मा पुगेका छन् । शीर्ष स्थानमा २१ अंकसहित लिभरपुल रहन सफल भएको छ । बाँकी ८ टोलीका लागि अंक तालिकाको नवौंदेखि २४ स्थानमा रहेका टोलीबीच ‘प्लेअफ’ हुनेछ । त्यसको विजेता अन्तिम १६ मा प्रवेश गर्नेछ ।

सर्वाधिक १५ पटकको साविक विजेता रियल म्याड्रिड र पीएसजीजस्ता क्लबले पनि प्लेअफ खेल्नुपर्ने भएको छ ।

यस्तो छ अंक तालिका :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved