काङ्ग्रेस सांसद भन्छन् – सहकारीपीडितको रकम पीडकबाटै परिपूरण गर्नुपर्छ

नेपालभ्युज

काङ्ग्रेस सांसद भन्छन् – सहकारीपीडितको रकम पीडकबाटै परिपूरण गर्नुपर्छ

काठमाडौं । सत्तारुढ दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठकमा सांसदहरूले सहकारीपीडितको रकम पीडकबाटै परिपूरण गराउनुपर्नेमा जोड दिएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको सोमबारको बैठकमा सांसदहरूले सहकारीपीडितलाई दिनुपर्ने रकम धेरै परिमाणमा रहेको र राज्यले दिन नसक्ने अवस्था भएकाले सहकारीको रकम अपचलन गर्नेहरूबाटै भराउनुपर्ने माग गरेका हुन् ।

बैठकपछि संसदीय दलका मुख्य सचेतक श्यामकुमार घिमिरेले सोही भावनाअनुसार सहकारीसम्बन्धी अध्यादेश ल्याइएको जानकारी गराउँदै उक्त अध्यादेशले सहकारीपीडितका समस्या हल गर्ने विश्वास व्यक्त गरे । वर्तमान सरकार गठनका लागि भएको साझेदारीअनुसार कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिअनुसार सरकार अघि बढ्ने उनले बताए ।

बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री र सरकारले गरेका कामकारबाहीका बारेमा सांसदहरूले कुरा राखेका थिए ।

माघ १८ गते बिहान साढे आठ बजेसम्मका लागि संसदीय दलको बैठक स्थगित गरिएको पनि मुख्य सचेतक घिमिरेले सुनाए । संसदीय दलको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved