जनकपुर नाइट्स नेपाल कबड्डी लिगको उपाधि नजिक

नेपालभ्युज

जनकपुर नाइट्स नेपाल कबड्डी लिगको उपाधि नजिक

काठमाडौं। जनकपुर नाइट्स नेपाल कबड्डी लिगको उपाधी नजिक पुगेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको पहिलो क्वालिफायरमा जनकपुरले विराटनगर ब्यान्डिट्सलाई ३४–३२ ले हराएको हो।

यो सँगै विराटनगरले फाइनल प्रवेश गर्न दोस्रो क्वालिफायर खेल्ने छ। उसले इलिमिनेटरको विजेतासँग खेल्ने भएको हो। इलिमिनेटरमा काठमाडौं माभरिक्स र हिमालयन रेइडर्स भिड्दैछन्।

जनकपुरले खेलभर रेडमा १५, ट्याकलमा १३, दुई अल आउटमा चार र बोनसमा दुई अंक जोड्यो। विराटनगरले भने रेडमा आठ, ट्याकलमा १०, एक अल आउटमा २ र बोनसमा १२ अंक जोड्यो।

पहिलो हाफमै जनकपुरले ११ अंकको अग्रता लिएको थियो। जनकपुर बोनसबाहेक अन्य सबै पक्षमा अब्बल रह्यो। रेडमा ११, ट्याकलमा ६ र दुई अलआउटमा चार अंक जोडेको थियो। बोनसमा भने दुई अंक मात्रै थप्न सक्यो। विराटनगरले भने रेड र ट्याकलमा समान तीन अंक जोड्यो। यद्यपि, बोनसमा भने ६ अंक बटुल्दै खेल २३–१२ मा सक्काएको थियो।

दोस्रो हाफमा भने विराटनगरले उत्कृष्ट पुनरागमन गरेको थियो। तर, अन्तिम दुई मिनेट सम्हालिन नसक्दा जनकपुर खेलमा फर्कियो। उसले चार ट्याकल र एक रेडमा तीन अंक थप्दै खेल ३३–३० मा पुर्‍यायो।

जनकपुरले दोस्रो हाफमा कुल ११ अंक जोड्यो। विराटनगरले त्यो भन्दा नौ अंक बढी ल्याए पनि जित हात पार्न सकेन। जनकपुरले यो हाफमा रेडबाट ३, ट्याकलबाट ७ र बोनसबाट १ अंक हात पारेको थियो। विराटनगरले भने रेडमा ५, ट्याकलमा सात, एक अलआउटमा २ र बोनसमा ६ अंक बटुल्यो।

विराटनगर ब्यान्डिट्स र काठमाडौं माभरिक्सबीच बुधबार दोस्रो क्वालिफायर खेल हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved