ताप्लेजुङमा झडप, प्रहरीले चलायो अश्रुग्यास

नेपालभ्युज

ताप्लेजुङमा झडप, प्रहरीले चलायो अश्रुग्यास

काठमाडौं । ताप्लेजुङ पाथिभरा क्षेत्रमा झडप भएको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ मा पाथिभरा मन्दिर जाने सडक खण्डमा प्रहरी र केबलकारको विरोधमा उत्रिएकाहरूबीच झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रूग्यास प्रहार गरेको थियो ।

ताप्लेजुङ प्रहरीका अनुसार केबलकार निर्माणको विरोधमा रहेकाहरू समूहगत रूपमा भेला भएर सो कार्य रोक्ने तयारी गर्ने क्रममा प्रहरी पुगेपछि तनावको स्थिति सिर्जना भएको हो ।

उक्त समूहलाई तितरबितर पार्न नेपाल प्रहरीले ५ र सशस्त्र प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गरेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved