इजरायल-हमास युद्धविराम

विपिन जोशी पहिलो चरणमा नछुट्ने

नेपालभ्युज

विपिन जोशी पहिलो चरणमा नछुट्ने

काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने भएका छन् ।

इजरायलले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ । जसमा जोशीको नाम उल्लेख छैन ।

सुदूरपश्चिम विश्वविद्यालयका कृषिविज्ञान विद्यार्थी विपिन ‘लर्न एन्ड अर्न’कार्यक्रमअन्तर्गत अरू विद्यार्थीसँगै इजरायल गएका थिए । उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए ।

कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो । अरू चारजना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए । अन्य दुई जना भने सकुशल थिए ।

जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले हमासले प्रहार गरेको ग्रिनेड फालेर उनले आफूहरूलाई बचाएको बताएका थिए । तर, पछि उनलाई हमास लडाकुले लगेको थियो ।

युद्धविराम सम्झौताको पहिलो चरणको भागको रूपमा हमासले मुक्त गर्ने इजरायली बन्धकहरूमा हमासले अक्टोबर ७ मा बन्धक बनाएका सबैभन्दा कान्छा र सबैभन्दा वृद्धहरू समावेश छन् ।

यसअघि आइतबार हमासले तीन महिला बन्धकहरूको नाम सार्वजनिक गरेको थियो, जसलाई पहिले रिहा गरिने छ ।

सम्बन्धित सामग्री – 

हमासद्वारा रिहा हुने ३३ बन्धकको सूची सार्वजनिक

विपिनकी आमा पद्मा भन्छिन् – ‘म स्वतन्त्र भएँ’ भनेर छोराले म्यासेज गर्ला कि जस्तो लाग्छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved