विपिनकी आमा पद्मा भन्छिन् – ‘म स्वतन्त्र भएँ’ भनेर छोराले म्यासेज गर्ला कि जस्तो लाग्छ

नेपालभ्युज

विपिनकी आमा पद्मा भन्छिन् – ‘म स्वतन्त्र भएँ’ भनेर छोराले म्यासेज गर्ला कि जस्तो लाग्छ
आमासहित परिवारका सदस्यसँग विपिन ।

काठमाडौं । इजरायलबाट हजारौँ माइल टाढा पश्चिम नेपालको एउटा गाउँमा महानन्द जोशी हातमा फोन लिएर बेचैन रुपमा बसिरहेका थिए ।

उनलाई आशा छ, हमासको नियन्त्रणमा रहेका आफ्नो छोरा २३ वर्षीय विपिनको बारेमा शुभ समाचार आइहाल्छ कि !

एक स्थानीय स्कुल शिक्षकसमेत रहेका महानन्द, जुनसुकै बेला फोन बज्छ र जसले विपिनको खबर ल्याउन सक्छ भन्ने गहिरो आशामा छन् ।

‘सधैँ दुःख, अरू केही छैन,’ महानन्द भन्छन् ।

७ अक्टोबर २०२३ मा हमासले आक्रमण गर्दा इजरायलीहरूसँग अपहरण गरिएका दर्जनौँ विदेशी कामदारहरूमध्ये एक थिए, विपिन ।

हमासले पछि २४ जनालाई रिहा गर्‍यो । जसमा २३ जना थाइल्याण्डका र एक जना फिलिपिन्सका थिए । तर, विपिनसहित अन्य छुटेनन् ।

आमा पद्माले विपिनसँग अन्तिम पटक ६ अक्टोबरमा कुरा गरेकी थिइन्, उनी अपहरणहुनुभन्दा एक दिन अघि । सो फोन वार्तामा विपिनले आफू राम्रोसँग बसेको बताएका थिए ।

अर्को पटक परिवारले उनलाई गाजाको अल-शिफा अस्पतालबाट लिइएको भिडिओ फुटेजमा देखेका थिए । इजरायली अधिकारीहरूले उनीहरूलाई सो फुटेज देखाएका थिए, जसले उनीहरूलाई विपिनको पहिचान गर्न भने ।

त्यसपछि परिवारलाई विपिन जिउँदै लगिएको विश्वास लाग्यो ।

महानन्द, आमा पद्मा र १८ वर्षीया बहिनी पुष्पा भारतसँग सीमा जोडिएको महेन्द्रनगरको बिसपुरी गाउँमा एउटा सानो सेतो, एकतले घरमा बस्छन् ।

बिहीबारसम्म उनीहरूले सरकारी अधिकारीहरूबाट केही सुनेका थिएनन्, उनीहरूलाई केवल युद्धविराम सम्झौताको घोषणा भएको हेडलाइनहरू पढेका मात्र थिए ।

यो समाचारले उनीहरुमा नयाँ आशा जगाएको थियो । आमा पद्माले भनिन्, ‘मलाई आज वा भोलि मम्मी भन्दै म्यासेज गर्ला कि जस्तो लाग्छ, म अहिले स्वतन्त्र छु र म तुरुन्तै घर फर्कन्छु भनेर ।’

तर, जोशी परिवारको राहत यदि आयो भने त्यो छिटोचाहीँ हुनेछैन ।

‘सबै कुरा टुट्न सक्छ’

बन्धकमा रहेका अन्य नौ विदेशी कामदारहरूसँगै विपिन युद्धविरामको पहिलो चरणमा रिहा हुने सम्भावना कम छ ।

सम्झौताअनुसार पहिलो चरणमा वृद्ध, महिला र बालबालिकाको रिहाइलाई प्राथमिकता दिइनेछ ।

विपिनको परिवारको लागि डर छ कि केही रिहा भएपछि परिस्थिति बिग्रिएर छोरो नफर्किएला भन्ने । ‘सबै कुरा टुट्न सक्छ,’ पद्माले आँखामा आँसु लिएर भनिन् ।

विपिन हमलाको दिन दक्षिणी इजरायलको किबुटजिममा धेरै नेपाली विद्यार्थीहरूसँग थिए । बुवा महानन्दलाई उनीहरूमध्ये एकले फोन गरेर विपिन अपहरण भएको बताएका थिए ।

त्यतिबेला महानन्दलाई हमासको आक्रमण वा इजरायलमा देखापरेको अवस्थाको बारेमा केही थाहा थिएन र उनले आफूले सुनेको कुरा बुझ्न सङ्घर्ष गरे ।

उनले पछि मात्र थाहा पाए कि आक्रमणमा १० नेपाली विद्यार्थी मारिए र आफ्नो छोरालाई बन्धक बनाइएको छ ।

‘विच्छेदको त्यो अनुभूति १५ पीडादायी महिनादेखि जारी छ,’ महानन्द र पद्माले भने ।

प्रत्येक बन्धक परिवारको पीडा ठूलो छ, तर इजरायलबाट टाढा भएकाहरूमध्ये केहीको लागि एक्लोपनको भावना थपिएको छ । ‘धेरै एक्लो अनुभव भएको छ,’ महानन्द भन्छन् ।

उनले थप भने, ‘नयाँ युद्धविराम सम्झौता भएदेखि हामीसँग कोही पनि भेट्न वा सम्पर्क गर्न आएको छैनन्, हामीलाई थाहा भएको सबै कुरा समाचारबाट मात्र आउँछ ।’

इजरायली राष्ट्रपतिको कार्यालयका प्रवक्ता आइज्याक हर्जोग, जो गत १५ महिनादेखि बन्धक परिवारहरूसँग काम गरिरहेका छन् ।

उनी भन्छन्, ‘सबै बन्धकहरूलाई समान व्यवहार गरिरहेका छौँ, चाहे इजरायली होस् वा विदेशी । उनीहरू सबैलाई मुक्त गराउन लगनशीलताका साथ काम गरिरहेको छौँ ।’

केही परिवारहरूका लागि युद्धविरामको समाचारले उनीहरूको १५ महिनाको परीक्षा समाप्त हुँदैछ र उनीहरूले आफ्ना प्रियजनहरूलाई हप्ताहरूमा फेरि भेट्नेछन् भन्ने आशा ल्याएको छ ।

जोशीहरू जस्तै अरूको लागि कुनै पनि आशा मिजासिलो हुनुपर्छ । उनीहरूले जति लामो समय पर्खनुपर्छ, युद्धविराम सम्झौता टुट्ने सम्भावना त्यति नै बढी हुन्छ ।

बिहीबार महेन्द्रनगरको बिसपुरीस्थित घरमा विपिनकी बहिनी पुष्पाले भाइको फोटो बोकेर बोलिरहेकी थिइन् । ‘र जब म उसलाई फेरि देख्छु, अँगालो हाल्छु,’ उनी भन्छिन् ।

युद्धविराम सम्झौता

युद्धविरामको मध्यस्थ गरिरहेको कतारले केही दिनअघि दुवै पक्षलाई सम्झौताको मस्यौदा पठाएको थियो ।

मध्यरातमा भएको ब्रेकथ्रुमा हमास, इसराइल, अमेरिकी राष्ट्रपति जो बाइडेन र जनवरी २० देखि राष्ट्रपति पद सम्हाल्न लागेका डोनाल्ड ट्रम्पका प्रतिनिधिहरू पनि थिए ।

एपीले उक्त सम्झौतामा भएका महत्त्वपूर्ण बुँदाहरू सार्वजनिक गरेको छ ।

सम्झौताअनुसार युद्धविराम सुरूमा ४२ दिनको हुनेछ । त्यसअवधिमा हमासले ३३ जना बन्धक रिहा गर्नेछ भने इसराइलले त्यहाँका जेलमा रहेका प्यालेस्टिनी नागरिकहरूलाई रिहा गर्नेछ ।

युद्धविराम घोषणा भएको पहिलो दिन हमासले तीन जना बन्धक रिहा गर्नेछ । सुरूमा महिला र इसराइली सेनालाई हमासले बन्धकमुक्त गर्नेछ ।

हमासले बन्धकमुक्त गर्ने एक इसराइली नागरिकको बदलामा इसराइलले ३० प्यालेस्टिनी कैदी र एक महिला सैनिकको बदलामा ५० जना कैदी रिहा गर्नेछ ।

त्यसको एक सातापछि हमासले चार जना बन्धक रिहा गर्नेछ भने त्यसको बदलामा तोकिएअनुसारको कैदी इसराइलले रिहा गर्नेछ । त्यसपछि एक एक सातामा हमासले बन्धक रिहा गर्ने र इसराइलले प्यालेस्टिनी कैदी रिहा गर्ने सम्झौतामा उल्लेख छ ।

यहाँ अर्को समस्या हुनसक्ने भनेर पनि एपीले लेखेको छ । ‍ पहिलो चरणको युद्धविरामको ४२ दिनभित्रै अर्को सम्झौता गरिसक्नुपर्ने चुनौती मध्यस्तकर्ताहरूलाई रहनेछ ।

यदी ४२ दिनभित्रै दोस्रो चरणको युद्धविराम सम्झौता नभए इसराइलले फेरि गजामा आक्रमण गर्न सक्ने खतरा उत्पन्न भएको छ ।

पहिलो चरणको युद्धविरामको समयमा इसराइली सैनिक गजाबाट नफर्कने बरू त्यहाँका वस्तिबाट किनारतिर सर्ने भनिएको छ । त्यस अवधिमा त्यहाँबाट अन्यत्र भागेकाहरू गजामा फर्केर मानवीय सहायता लिन सक्नेछन् ।

४२ दिनपछि हुने दोस्रो चरणको युद्धविराममा गजामा दिगो शान्ति घोषणा गर्ने र हमासले बाँकी भएका बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ । दोस्रो चरणको युद्धविरामपछि इसराइली सैनिक गजा क्षेत्रबाट फर्कने भनिएको छ ।

तेस्रो चरणको युद्धविराममा गजामा मारिएका इसराइली बन्धक र इसराइलमा मारिएका प्यालेस्टिनी लडाकुको शव एक अर्कालाई फर्काइने छ । त्यसपछि गजामा पुनःनिर्माण योजना कार्यान्वयन गरी इसराइल र गजाको सीमाना खुला गरिने सम्झौतापत्रमा उल्लेख छ ।

-बीबीसीको सहयोगमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved