काठमाडौं । यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘ड्रिम इट, वान इट’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले मात्र ७.९९ प्रतिशत को न्यून ब्याजदरमा यामाहा मोटरसाइकल वा स्कुटर किन्न सक्नेछन् ।
यो सीमित अवधिको योजना २०७९ पुस १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ । ‘Dream It, Own It’ योजना सबै यामाहा मोटरसाइकल र स्कुटरहरूमा (सर्तहरूसहित) उपलब्ध हुने बताइएको छ ।
ग्राहकहरूले कम्तीमा ४० प्रतिशत डाउन पेमेन्ट र लचिलो किस्ताबन्दी योजनाहरूको फाइदा लिई सजिलैसँग यामाहालाई आफ्नो घर ल्याउन सक्नेछन् । साथै, यस योजनाले सरल कागजी प्रक्रिया र रुचि अनुसारको ई.एम.आई. योजना रोज्ने सुविधा प्रदान गर्ने बताइएको छ ।
यस योजनासँगै, यामाहा नेपालले ‘Test Ride & Win’ अभियान पनि ल्याएको छ । यस अभियान अन्तर्गत हरेक ग्राहकले यामाहा टेस्ट राइडमा सहभागी भएर निश्चित उपहारहरू पाउनेछन् र लक्की ड्रमार्फत आकर्षक उपहारहरू जित्ने अवसर पनि प्राप्त गर्नेछन् ।
Facebook Comment
Comment