कवाड व्यवसायी आन्दोलित, मेयर बालेनविरुद्ध नाराबाजी (फोटोहरू)

महानगरभित्रका कवाडी गोदामहरू हटाउने निर्णयको विरोधमा अदालत गएका व्यवसायीहरूले मुद्दा जितेपछि पनि महानगरले काम गर्न नदिएको भन्दै  आन्दोलनमा उत्रिएका हुन् ।

कवाड व्यवसायी आन्दोलित, मेयर बालेनविरुद्ध नाराबाजी (फोटोहरू)

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ज्यादती गरेको र आफूहरूलाई पेसाबाट विस्थापित गर्न खोजिएको आरोप लगाउँदै कवाड व्यवसायीहरू आन्दोलित भएका छन् ।

महानगरभित्रका कवाडी गोदामहरू हटाउने निर्णयको विरोधमा अदालत गएका व्यवसायीहरूले मुद्दा जितेपछि पनि महानगरले काम गर्न नदिएको भन्दै  आन्दोलनमा उत्रिएका हुन् ।

आइतबार काठमाडौं महानगर घेर्न जुलुससहित पुगेका व्यवसायीहरूलाई प्रहरीले पुतलीसडकको कमलादी मोडमै रोकेको थियो ।

उनीहरू महानगर प्रमुख बालेन शाहलाई पत्र बुझाउन जान खोजेका थिए । तर, महानगर प्रवेश गर्न नदिएपछि उनीहरूले कमलादी मोडमै बालेनविरुद्ध चर्को नाराबाजी गरे ।

प्रभु शाहको आम जनता पार्टीको दोस्रो स्थापना दिवसमा सहभागी भएर जुलुसमा आएका व्यवसायीहरूलाई महानगरले पेसागत स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप छ ।  व्यवसायीहरूले महानगरको यो कदमले आफूहरूको जीविकोपार्जनमा गम्भीर असर परेको गुनासो गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved