राखेपमा रिक्त ८ बोर्ड सदस्य नियुक्त

नेपालभ्युज

राखेपमा रिक्त ८ बोर्ड सदस्य नियुक्त

काठमाडौं। सरकारले राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) मा  रिक्त ८ बोर्ड सदस्यहरू नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले  राखेपको  रिक्त बोर्ड सदस्यहरु नियुक्त गरेको हो ।

बैठकले  शान्तीकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) नियुक्त गरेको  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।

राखेपका  उपाध्यक्ष शिव कोइरालाको ४ वर्षे कार्यकाल सकिएपछि ५ महिनादेखि  रिक्त रहेको उपाध्यक्ष भने अर्को हप्ता नियुक्त हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved