एनसेलले ल्यायो अनलिमिटेड डेटा सापटी सुविधा

नेपालभ्युज

एनसेलले ल्यायो अनलिमिटेड डेटा सापटी सुविधा

काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरूको लागि अनलिमिटेड डेटा सापटी सुविधा ल्याएको छ । सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकहरूलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको हो ।

यो सापटी सेवा अन्तर्गत आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका प्रिपेड ग्राहकहरूले १ दिन अर्थात् २४ घन्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्छन् । कम्पनीले यो सुविधा पुस १ गतेबाट दिन थालेको हो ।

समयसीमा १ दिन रहेको अनलिमिटेड डेटाको शुल्क कर सहित ५० रुपैयाँ रहेको छ । ग्राहकले यो डेटा सापटी लिएपछि २४ घन्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवाको भरपुर फाइदा उठाउन सक्छन् ।

सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिन्छ । कर सहितको सेवा शुल्क २ दशमलव ४८ रुपैयाँ र १ दिने अनलिमिटेड डेटाको ५० रुपैयाँ गरी ब्यालेन्स रिचार्ज गर्दा कुल ५२ दशमलव ४८ काटिन्छ ।

सिम लिएर सेवा लिन थालेको कम्तीमा ३० दिन भएका ग्राहकहरूले यो डेटा सापटी लिन सक्छन् । अनलाइनबाटै हाल जारी नेपाल प्रिमियर लिगका खेलहरू हेर्न लगायत इन्टरनेट सेवाको फाइदा लिन यो सुविधा धेरै उपयोगी हुने विश्वास एनसेलले लिएको छ ।

एनसेलले यो अनलिमिटेड डेटा बाहेक ४० रुपैयाँ ब्यालेन्स सापटी, ३ दिने १ जीबी डेटा सापटी, ३ दिन समयसीमाको ९० मिनेट अल नेपाल टक टाइम सापटी सुविधामार्फत प्रदान गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved