यो ठाउँमा दुलहीले गर्नुपर्छ एक महिनादेखि रुने अभ्यास !

नेपालभ्युज

यो ठाउँमा दुलहीले गर्नुपर्छ एक महिनादेखि रुने अभ्यास !

एजेन्सी । बिहे गरेपछि पराइ घर जानु पर्ने भएकाले केटी र परिवार रुने गर्छन् । यो समय नै यस्तो हुन्छ कि सबैको आँखा रसाउँछन् तर, के तपाईंले जबरजस्ती रुने परम्पराबारे सुन्नु भएको छ ? आज हामी एउटा यस्तो स्थानको बारेमा बताउनेछौँ, जहाँ केटीलाई विवाहमा जबरजस्ती रुवाइन्छ ।

छिमेकी देश चीनमा एक जनजातिमा यस्तो परम्परा छ कि केटीले आफ्नो विवाहमा रुनैपर्छ । भनिन्छ कि यदि दुलही विवाहमा रोएनन् भने अनिष्ट हुन्छ । त्यसलै केटीले विवाहको एक महिना अगाडि देखि नै रुवाइको अभ्यास गर्नुपर्छ । कतिपय अवस्थामा त केटीलाई रुवाउन परिवारजनले नै उक्साउने गर्छन् ।

चीनको दक्षिण पश्चिमी प्रान्त सिचुआनमा बसोबास गर्ने तुजिया जनजातिका व्यक्तिको अलग रितिरिवाज छ । भनिन्छ कि रुने यो परम्पराको सुरुवात ४७५ ईसापूर्व देखि २२१ ईसा पूर्वको बीचमा सुरु भएको हो ।

यदि कुनै दुलही बिदाइको बेला रुन सकिनन् भने यो जनजातिका मानिसले खराब मान्छन् र गाउँभरि मजाक उडाइन्छ । दक्षिण पश्चिमी प्रान्तमा एउटा जुओ टाङ नामको परम्परा पालना गरिन्छ ।

यस परम्पराअनुसार, विवाहको महिना अघि देखि नै दुलहीलाई हरेक दिन एक घण्टा रुनु पर्छ । १० दिनपछि यस प्रक्रियामा उनकी आमाले पनि साथ दिन थाल्छिन् र बिस्तारै अन्य महिला पनि थपिँन्छन् । यति मात्र होइन, विवाहको समयमा ‘क्राइङ म्यारिज’ नामको एउटा गीत पनि बजाइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved