रास्वपाबाट काठमाडौं-१६ मा निर्वाचित रोजिनाले लिइन् शपथ

नेपालभ्युज

रास्वपाबाट काठमाडौं-१६ मा निर्वाचित रोजिनाले लिइन् शपथ

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनबाट काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदमा निर्वाचित रोजिना श्रेष्ठले शपथ लिएकी छन् ।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले मंगलबार दिउँसो पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

श्रेष्ठ २ हजार ९०२ मत ल्याएर निर्वाचित भएकी हुन् । दोस्रो भएका नेपाली कांग्रेसका देवेन्द्र पाठकले १ हजार ३०४ मत ल्याउँदा नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरले १ हजार २१८ मत पाएका थिए ।

०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको ०८० भदौ २१ गते निधन भएपछि रिक्त भएको पदका लागि मंसिर १६ गते उपनिर्वाचन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved