कीर्तिपुरमा एमाले उम्मेदवारले घटाए मतान्तर, यस्तो छ ताजा अपडेट

नेपालभ्युज

कीर्तिपुरमा एमाले उम्मेदवारले घटाए मतान्तर, यस्तो छ ताजा अपडेट

काठमाडौं । कीर्तिपुर नगरपालिका प्रमुखका लागि उपनिर्वाचनको मतगणना जारी छ ।

नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै छ । पछिल्लो मतपरिणामअनुसार डंगोलले २ हजार ४२१ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरले २ हजार ६१  मत पाएका छन् । उनीहरूबीच ३६० मतको अन्तर छ ।

यसअघि पाँच सयभन्दा बढीको मतान्तर रहेपनि अहिले एमाले उम्मेदवारले त्यसलाई कम गरेका छन् ।

त्यस्तै, माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन १ हजार ६५६ मतसहित तेस्रो स्थानमा छन् ।

चौथो स्थानमा स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ९६५ मत पाएका छन् ।

वडा नम्बर तीनको गणनामा एमालेले धेरै मत पाएको छ । यो वडामा एमालेका उम्मेदवारले ६८३, कांग्रेस उम्मेदवारले ५२९ र माओवादी उम्मेदवारले ४६८ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved