भैँसेपाटी ‘हनी ट्रयाप’ प्रकरण: एसपीमाथि समेत छानबिनको राय, अदालतमा मुद्दा दर्ता

नेपालभ्युज

भैँसेपाटी ‘हनी ट्रयाप’ प्रकरण: एसपीमाथि समेत छानबिनको राय, अदालतमा मुद्दा दर्ता
भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनु शाही

काठमाडौं। भैँसेपाटीमा भएको ‘हनी ट्रयाप’ घटनाले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै ललितपुर जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको छ ।

प्रहरी उपरीक्षक (एसपी) कमल थापामाथि समेत छानबिन गर्नुपर्ने रायसहितको मुद्दा दर्ता गरिएको हो ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही यस घटनाको प्रमुख भूमिकामा रहेको आरोप छ । उनलाई सङ्गठित अपराध र आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । तर, उनी फरार छिन् ।

भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख रहेकी शाहीमाथि पक्राउ पुर्जी जारी भइसकेको छ ।

घटनामा इटहरीका ताज इस्लाम, दर्शन पोखरेलसहितको समूहले ललितपुरका एक व्यवसायीलाई हनी ट्रयापमा पारी ३० लाख रुपैयाँ असुल्ने प्रयास गरेको खुलेको छ ।

ती व्यवसायीलाई ब्ल्याकमेल गरेर १० लाख रुपैयाँ खातामा ट्रान्सफर गरिएको थियो भने बाँकी रकमको चेक प्रहरीले बरामद गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मंगलबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सोही आधारमा आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved