अब गैरआवासीय नेपालीहरूले पनि शेयरमा लगानी गर्न पाउने (निर्देशिकासहित)

नेपालभ्युज

अब गैरआवासीय नेपालीहरूले पनि शेयरमा लगानी गर्न पाउने (निर्देशिकासहित)

काठमाडौं । अब गैरआवासीय नेपालीहरूले पनि शेयरमा लगानी गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ लाई संशोधन गर्दै गैरआवासीय नेपालीहरूलाई शेयरमा कारोबार गर्न पाउने नीतिगत व्यवस्था गरेको हो ।

संशोधित निर्देशिकाको नाम ‘धितोपत्र निष्कासन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका, २०८१’ राखिएको छ । यो निर्देशिका बोर्डले तोकेको मितिदेखि प्रारम्भ हुनेछ । नयाँ व्यवस्थाअनुसार सरकार र गैरआवासीय नेपालीहरूको संयुक्त लगानीमा इन्भेष्टमेन्ट कम्पनी खोल्न सकिनेछ ।

शेयर निष्कासन गर्दा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले गैरआवासीय नेपालीको लागि मात्र शेयरको निष्कासन गर्नु पर्नेछ । शेयरको दरखास्त खुला रहने अवधि कम्तीमा चार कार्य दिन हुनेछ । शेयर कारोबार गर्दा कारोबार इकाई न्यूनतम एक हजार कित्ता हुनेछ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयरको कारोबार गैरआवासीय नेपालीबिच मात्र हुनेछ ।

यस्तो छ संशोधित निर्देशिका


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved