एनसेलमा एक्सचेन्ज सुविधा : भ्वाइस प्याकसँग डेटा र डेटासँग भ्वाइस प्याक साट्न सकिने 

नेपालभ्युज

एनसेलमा एक्सचेन्ज सुविधा : भ्वाइस प्याकसँग डेटा र डेटासँग भ्वाइस प्याक साट्न सकिने 

काठमाडौं । एनसेलले आफ्ना ग्राहकको लागि एक्सचेन्ज सुविधा ल्याएको छ । यो सुविधा अन्तर्गत ग्राहकहरूले आफ्नो सधैँ अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकता अनुसार साटेर सेवाको फाइदा लिन सक्नेछन् ।

सधैँ अनमा ग्राहकहरूले प्याक अनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउने गरेका छन् । सेवा प्रयोग गर्दा डेटा सकियो तर भ्वाइस बाँकी रहेको खण्डमा ग्राहकले त्यस्तो बाँकी भ्वाइसलाई एनसेल एपमार्फत साट्न अथवा परिवर्तन गर्न सक्छन् ।

त्यसै गरी बाँकी डेटालाई पनि भ्वाइसमा रूपान्तर गर्न सकिन्छ । यो सुविधा सधैँ अनका ३९९ रुपैयाँ, ४९९ रुपैयाँ र ५९९ रुपैयाँका प्याकहरूमा मान्य रहेको छ । ग्राहकले आफ्नो एनसेल एपमा ‘एक्सचेन्ज डेटा अर भ्वाइस’मा गई आफूलाई आवश्यक परेको सेवाका अनुसार प्रयोग हुन बाँकी डेटासँग भ्वाइस वा भ्वाइससँग डेटा साट्न सक्छन् ।

उदाहरणका लागि ग्राहकले ५० मिनेटको भ्वाइस सेवालाई १२५० एमबी डेटासँग साट्न सक्छन् । त्यसै गरी उदाहरणका ग्राहकले लागि १ जीबी डेटा ४१ मिनेट भ्वाइस सेवामा रूपान्तर गर्न सक्छन् । आफूसँग बाँकी रहेको भ्वाइस वा डेटा सेवाको ९० प्रतिशत सम्मको सेवा आफूलाई आवश्यक सेवा अनुसार साट्न सकिने सुविधा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved