सनातन धर्म जोगाउन सबैको ऐक्यबद्धता आवश्यक छ- राप्रपा अध्यक्ष लिङ्देन

नेपालभ्युज

सनातन धर्म जोगाउन सबैको ऐक्यबद्धता आवश्यक छ- राप्रपा अध्यक्ष लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन/ फाइल तस्वीर

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देश र धर्म जोगाउने सङ्कल्प लिएर अगाडि बढेको बताएका छन् ।

कञ्चनपुरको झलारीबजारमा बिहीबार आयोजित कोणसभामा मन्तव्य राख्दै उनले सनातन धर्म जोगाउन सबैको ऐक्यबद्धता र प्रतिबद्धताको आवश्यकता रहेको बताए ।

‘विसं २०४६ को राजनीतिक परिवर्तनपश्चात ३५ वर्षको समयमा प्रजातन्त्र, लोकतन्त्र जे भने पनि पार्टी तिनै छन्, नेता तिनै छन्,’ अध्यक्ष लिङ्देनले भने, ‘पालैपालो र एक्लाएक्लै सत्तामा पुगेर ती पार्टीहरूले देशलाई बर्बादीको बाटोमा लगेका छन् ।’ –रासस–


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved