‘अन्डरवर्ल्डको एजेन्ट हुँ’ भन्दै फोनबाट धम्की दिएर रकम माग गरेकाे आरोपमा पक्राउ परेका डाक्टर सार्वजनिक

नेपालभ्युज

‘अन्डरवर्ल्डको एजेन्ट हुँ’ भन्दै फोनबाट धम्की दिएर रकम माग गरेकाे आरोपमा पक्राउ परेका डाक्टर सार्वजनिक

काठमाडौं । प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

‘पक्राउ परेका दाहालले काठमाडौं उपत्यकाभित्र विभिन्न व्यक्तिलाई ह्वाट्सएपमार्फत आफू अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट हुँ भन्ने गरेको पाइएको छ,’ उनले भने, ‘भारतको विहारलगायत अन्य ठाँउबाट ‘कन्ट्याक्ट किलर’ भाडामा लगाइ ज्यानसमेत मार्छु भनेर म्यासेज गरी उनले ५० हजारदेखि दुई लाख रुपैयाँसम्म रकम माग गर्ने गरेको सूचनाका आधारमा काठमास्थित शङ्खमुलबाट पक्राउ गरिएको हो ।’

पक्राउ परेका दाहाललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved