जुवा खेलिरहेको अवस्थामा ५ लाख ६२ हजारभन्दा बढी रकमसहित २१ जना पक्राउ

नेपालभ्युज

जुवा खेलिरहेको अवस्थामा ५ लाख ६२ हजारभन्दा बढी रकमसहित २१ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जुवा खेल्दै गरेका २१ जनालाई पाँच लाख ६२ हजार ३५० रुपैयाँ रकमसहित पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ बाक्सिला–२ घर भई काठमाडौंको बूढानिलकण्ठ–११ बस्ने ४० वर्षीय मनिराज अधिकारी, ओखलढुङ्गा सुनकोशी गाउँपालिका–३ बस्ने ७८ वर्षीय नृपलाल बराल, सिन्धुपाल्चोक इन्द्रावती–५ घर भई हाल गोकर्णेश्वर बस्ने ५० वर्षीया कुमारी तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध–४ का २८ वर्षीय अनुषा लामा छन् । साथै बूढानिलकण्ठ–११ का ३५ वर्षीय सन्तोष गुरुङ, सोही ठाउँका ३१ वर्षीय उज्वल तामाङ, काभ्रेपलाञ्चोक खानिखोला–४ बस्ने ३६ वर्षीय चेतकुमार थोकर, सिन्धुपाल्चोक हेलम्बु–३ का ५० वर्षीय ईन्द्रबहादुर गिरी रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी काभ्रेपलाञ्चोक पनौती–१२ का ४० वर्षीय शेर्पा लामा, नुवाकोट तादी–४ घर भई तारकेश्वर नगरपालिका बस्ने २६ वर्षीय सुवास आचार्य रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

यसैगरी सिन्धुपाल्चोक इन्द्रावती–६ घर ३६ वर्षीय रमेश तामाङ, बूढानिलकण्ठ–११ का २५ वर्षीय अनन्त खड्का, सोही ठाउँका ३७ वर्षीय नन्दन थापा, ६८ वर्षीय चन्द्र धिताल, ६५ वर्षीय भोजबहादुर थापा, ओखलढुङा खिजिदेम्बा–५ का ४३ वर्षीय लालकाजी बिक, सिन्धुपाल्चोक मेलम्ची–४ का ४३ वर्षीय प्रदीप तामाङ, दोलखा शैलुङ–८ का ३५ वर्षीय रोशन तामाङ, प्युठान मल्लरानी–५ का ३८ वर्षीय वीरबहादुर पुन, बूढानिलकण्ठ–११ लसुनडाँडा बस्ने ३० वर्षीय रन्जित थापा मगर तथा बूढानिलकण्ठ–११ कपन बस्ने २० वर्षीय प्रशान्त लामा रहेका छन् ।

बूढानिलकण्ठ नगरपालिका–११ लसुनडाँडास्थित सार्वजनिक स्थानमा बाजी थापी ओखरको माध्यमबाट जुवा खेली रहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक आचार्यले बताए ।

उनीहरूलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरअन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved