दुर्गा प्रसाईंलाई पुर्‍याइयो सीआईबी

नेपालभ्युज

दुर्गा प्रसाईंलाई पुर्‍याइयो सीआईबी

काठमाडौं । पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुर्याइएको छ ।

उनलाई मंगलबार दिउँसो लाजिम्पाटस्थित सीआईबीको कार्यालय पुर्याइएको हो ।

सीआईबीको टोलीले मंगलबार नै भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट प्रसाईंलाई पक्राउ गरेको थियो ।

उनलाई सीआईबीले साइबर सेलको अनुरोधमा ‘साइबर क्राइम’ मुद्दामा समातेको हो ।

प्रसाईंले पछिल्लो समय विवादित बयान दिँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विवादास्पद बयान दिएपछि उनी पक्राउ परेका हुन् ।

प्रसाईंले सोमबार कम्बोडियामा टेलिकम क्षेत्रमा प्रधानमन्त्री ओलीको लगानी रहेको आरोप लगाएका थिए ।

यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य टीका संग्रौलालगायतको चरित्र हत्या गरेको आरोपमा ६ असोजमा पक्राउ परेका थिए ।

दुर्गा प्रसाईंले भनेका थिए – प्रधानमन्त्री ओलीको कम्बोडियामा लगानी छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved