मुर्गियामा डिशहोमको नयाँ शाखा 

नेपालभ्युज

मुर्गियामा डिशहोमको नयाँ शाखा 

रुपन्देही । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका स्थित मुर्गिया क्षेत्रमा डिशहोमको नयाँ शाखा उद्घाटन भएको छ । नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले डिशहोमको नयाँ सेवा केन्द्र उद्घाटन गरेका हुन् ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, डिशहोमका कर्मचारीहरू तथा अन्य व्यक्तिहरूले सहभागिता जनाएका थिए । यस सेवा केन्द्रमार्फत सैनामैना क्षेत्रका स्थानीय ग्राहकहरूको आवश्यकता समाधान गर्न र गुणस्तरीय सेवा सुविधाहरू थप प्रभावकारी रूपमा प्रदान गर्न सहयोग गरिने कम्पनीले जनाएको छ ।

डिशहोमको यो नयाँ शाखाले सैनामैना नगरपालिकाका नागरिकहरूलाई डिजिटल सेवासम्बन्धी सहज पहुँच पुर्‍याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved