स्रोत नखुलेको १९ लाख रुपैयाँसहित तीन जना पक्राउ

नेपालभ्युज

स्रोत नखुलेको १९ लाख रुपैयाँसहित तीन जना पक्राउ

जनकपुरधाम । भारतबाट अवैध रुपमा ल्याउँदै गरिएको १९ लाख रुपैयाँसहित जिल्ला प्रहरी कार्यालय धनुषाले ३ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित कुवारामपुरबाट स्रोत बिनाको रकमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मधुवनी थाना हरलाखी ग्राम पञ्चायत हरलाखी–८ का बिष्णुदेव यादव, जनकपुरधाम-४ का रमेश भन्ने रञ्जित कुमार यादव र धनौजी गाउँपालिका-७ भररिया टोलका रवि पासवान छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज १२ प ६४३ नम्बर मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गरेको थियो ।

सो क्रममा विष्णुदेवले शरीरको विभिन्न भागमा रबरले च्यापेर लुकाइछिपाई राखेको अवस्थामा स्रोत नखुलेको रकम बरामद गरेको प्रहरी उपरीक्षक तिवारीले बताए ।

आरोपित विष्णुदेवलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्ने क्रममा थप २ जनाको नाम खुल्नासाथ पक्राउ गरिएको हो । पक्राउ परेका आरोपितहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved