मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ, काठमाडौं ल्याइँदै

नेपालभ्युज

मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ, काठमाडौं ल्याइँदै

काठमाडौं । मानव तस्करीका आरोपित कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।

आइतबार बिहान अदालतबाट अनुमति लिएपछि उनी बिराटनगरबाट पक्राउ परेका हुन् । उनलाई अहिले केहीबेरमा जहाजबाट काठमाडौं ल्याइँदैछ ।

नक्कली परिचयपत्र बनाई सङ्गठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता भएका थिए । मन्त्री अधिकारी पनि फिर्ता भएका थिए ।

निवर्तमानमन्त्री अधिकारीलाई शनिबार नै एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो ।

मन्त्रीको स्वकीय सचिव बनेर गएका तीन जना पक्राउ परेका छन् । रसुवाका कञ्चन देवकोटा तथा खोटाङका दावा शेर्पा र जनक राई भने अघिल्लो शनिबार समातिएका थिए ।

एकै प्रकृतिको कसुर देखिएको र एउटै समूहमा रहेका व्यक्तिको नेतृत्व गरेका मन्त्री अधिकारीलाई अध्यागमनले सहजै छाडिदिएको थियो । तर एकसातापछि पक्राउ परेका हुन् ।

यसै प्रकरणमा नुवाकोटको विदुर ७ का जुगल रिजाल, दोलखाको जिरीका वीरबहादुर सुनुवार र धादिङको त्रिपुरासुन्दरीका महेश पाण्डे पनि पक्राउ परेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved