विधिपूर्वक गरियो म्हः पूजा

नेपालभ्युज

विधिपूर्वक गरियो म्हः पूजा

काठमाडौं – प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले गर्ने म्हः (आत्म) पूजा शनिबार साँझ विधिपूर्वक सम्पन्न भएको छ ।

कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसहरूले आफ्नो आत्म पूजा गरे वर्षभर सुख, शान्ति एवं खुसीयाली मिल्ने जनविश्वासमा यो पर्व मनाउने गरेका छन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले म्हः पूजा गर्ने शास्त्रीय परम्परा भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी–देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जन्मिएको पनि सार्थक हुने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा यो पर्व मनाउने गरिएको हो ।

विगतमा नेवार समुदायले मात्र मनाउने यो पर्वमा अहिले अरु समुदायका मानिस पनि सहभागी हुन थालेका छन् । म्हः पूजा शास्त्रसम्मत् भएकाले पनि अन्य समुदाय सहभागी हुन थालेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved