कतार पठाइदिन्छु भन्दै ठग्ने मलेसियन नागरिक लहानबाट पक्राउ

नेपालभ्युज

कतार पठाइदिन्छु भन्दै ठग्ने मलेसियन नागरिक लहानबाट  पक्राउ
प्रतिकात्मक स्केच

सिरहा । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक मलेसियन नागरिकसहित चारजना पक्राउ परेका छन् ।

लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारको अनुमति बिना कतार पठाउने भन्दै अन्तर्वार्ता लिइरहेका मलेसियन नागरिक मोहम्मद रिजुआन बिन अब्दुल्लाहसहित लहान–२३ का रामाशङ्कर यादव, रामभरत यादव, र सूर्यनारायण दावलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूले केही व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानमा खुलेको छ । ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved