घुससहित अख्तियारको नियन्त्रणमा परे निमित्त प्रमुख प्रशासकीय अधिकृत

नेपालभ्युज

घुससहित अख्तियारको नियन्त्रणमा परे निमित्त प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् ।

बिहीबार साहलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार बिल भुक्तानी गरेबापत  सेवाग्राहीबाट ७८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो।

साहमाथि थप अनुसन्धान भइरहेको  बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved