त्रिविले आगामी वर्षदेखि अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र निर्माण गर्ने

नेपालभ्युज

त्रिविले आगामी वर्षदेखि अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र निर्माण गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र निर्माण गर्ने भएको छ । वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायहरूको स्नातक तहका प्रश्न पत्रहरू अंग्रेजी र नेपाली दुवै भाषामा निर्माण गर्ने त्रिविले जनाएको छ । त्रिविका अनुसार  अब हुने प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गर्ने गरी   तयारी गरिएको छ । उक्त व्यवस्था क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गरिनेछ ।

त्रिविले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई एक पत्र लेख्दै पहिलो चरणमा हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने जनाएको छ ।

यसअघि  त्रिविले अङ्ग्रेजी भाषामा मात्रै प्रश्न पत्र निर्माण गर्दै आएको छ ।  त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको २०८० साल चैत्र १५ गते बसेको बैठकले अङ्ग्रेजी र नेपाली दुवै भाषामा पश्नपत्र  तयार पार्ने निर्णय गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved