नेपालले आयरल्यान्डसहितको टोलीविरुद्ध खेल्ने

नेपालले ओमानमा अन्य तीन देशसँग टी–ट्वान्टी सिरिज खेल्ने भएको छ। आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि नेपालले आयरल्यान्ड, युएई र घरेलु टोली ओमानविरुद्धको टी–ट्वान्टी सिरिज खेल्ने भएको हो।

नेपालभ्युज

नेपालले आयरल्यान्डसहितको टोलीविरुद्ध खेल्ने

काठमाडौं। नेपालले ओमानमा अन्य तीन देशसँग टी–ट्वान्टी सिरिज खेल्ने भएको छ। आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि नेपालले आयरल्यान्ड, युएई र घरेलु टोली ओमानविरुद्धको टी–ट्वान्टी सिरिज खेल्ने भएको हो।

ग्लोबल छनोटको समूह ‘ए’ अन्तर्गतका खेलहरू फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुँदै छ।

यस समूहमा आयोजक ओमानसहित, नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्।

समूह ‘ए’ अन्तर्गत विभाजन भएको ग्रुप टु मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् ।

तर छनोट अघि तयारीको रुपमा नेपालले टी–ट्वान्टी खेलहरू खेल्न लागेको हो ।

यसका लागि नेपाली टोली फेब्रुअरी ९ तारिखमा ओमान प्रस्थान गर्दै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved