बोलाछेंमा पाला बनाउन भ्याइनभ्याइ (तस्वीरहरू)

अहिले बोलाछेंमा सामान्य पालाको दर्जनको ४० र बुट्टादार पाला गोटाको २० रुपैयाँमा बिक्री हुने गरेको छ

बोलाछेंमा पाला बनाउन भ्याइनभ्याइ (तस्वीरहरू)

भक्तपुर । ‘पोटरी स्क्वायर’ को नामले चिनिने भक्तपुरको बोलाछें तालाक्व टोलमा अहिले जताततै पाला सुकाएको देख्न सकिन्छ । तिहार नजिकिँदै गर्दा परम्परागत रूपमा बत्ती बाल्न आवश्यक पर्ने पाला बनाउन अहिले त्यहाँका ‘कुम्हः’ हरू व्यस्त छन् ।

प्रजापति समुदायका ‘कुम्हः’ हरू आफ्नो पुर्खौली पेसाअन्तर्गत माटोका भाँडाकुँडा बनाउँछन् । अघिपछि अल्लि फुर्सदमा हुने भक्तपुरका ‘कुम्हः’ अर्थात् कुमालेहरूलाई अहिले भ्याइनभ्याइ छ ।

अघिपछि माटोको सजावटका विभिन्न सामाग्री लगायत धुपौरो, दियो, गाग्री, आरी, गमला, स्ट्रे बनाउने उनीहरूलाई अहिले भने तिहारमा बत्ती बाल्न चाहिने पाला बनाउन भ्याइनभ्याइ छ ।

तिहारमा झिलिमिली बनाउने बिजुली बत्ती आए पनि पालाको प्रयोग घटेको छैन । पालामा तेल र बाती राखेर बाल्ने परम्परा घरघरमा अहिले पनि कायमै छ । वर्षेनि तिहार आएपछि पालाको माग धेरै नै हुने गरेको छ ।

अहिले बोलाछेंमा सामान्य पालाको दर्जनको ४० र बुट्टादार पाला गोटाको २० रुपैयाँमा बिक्री हुने गरेको छ ।

तस्वीरहरु:-

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved