तिहारको तयारीमा गुन्डु (तस्वीरहरू)

फूल टिप्न र उन्नमा व्यस्त किसान

सूर्यविनायक नगरपालिका ७ मा रहेको गुन्डुलाई काठमाडौं उपत्यकाका लागि मखमली फूलको पकेट क्षेत्र मानिन्छ

तिहारको तयारीमा गुन्डु (तस्वीरहरू)

भक्तपुर। सूर्यविनायक नगरपालिका ७ मा रहेको गुन्डुलाई काठमाडौं उपत्यकाका लागि मखमली फूलको पकेट क्षेत्र मानिन्छ । यहाँका प्राय: बारीमा मखमली फूल लगाइन्छ ।

मखमली फूल हत्तपत्त नओइलाउने फूल भएकाले तिहार आउनुअघि नै किसानहरूले फूल टिपेर माला उन्ने गर्दछन् । आजकाल गुन्डु क्षेत्रमा हरेक दिन बिहान फूल टिप्न र दिउँसो माला उन्नमै किसानहरू व्यस्त रहन्छन् ।

कहिले नओइलाउने मखमलीको मालालाई दीर्घायुको प्रतीकका रूपमा तिहारको भाइटीकाको दिन दिदी-बहिनीले आफ्नो दाजु-भाइलाई लगाइदिने गर्दछन् ।

किसानहरूले यो वर्ष आकार र प्रकारको आधारमा मखमलीको माला प्रतिगोटा २० देखि ५० रुपैयाँसम्म थोक बिक्री गर्दै आइरहेका छन् ।



Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved