‘हिलो सुकेपछि’ गृहमन्त्री बाढी प्रभावित क्षेत्रमा (तस्वीरहरू)

तीन दिनभित्र राहत उपलब्ध गराउन निर्देशन

नेपालभ्युज

‘हिलो सुकेपछि’ गृहमन्त्री बाढी प्रभावित क्षेत्रमा (तस्वीरहरू)

काठमाडौं । गृहमन्त्री रमेश लेखक बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रको अनुगमनमा निस्किएका छन् ।

बाढी, पहिरो र डुबानको १० दिनपछि उनी ललितपुरस्थित गोदावरीको प्रभावित क्षेत्रका अनुगमनमा निस्किएका हुन् ।

विपद्का बेला आवश्यक कदम चाल्न नसकेर आलोचित भएका गृहमन्त्री लेखक १० दिनपछि प्रभावित क्षेत्रका अनुगमनमा निस्किएका हुन् । यसपछि उनी ‘हिलो सुकेपछि सिंहदरबारबाट बाहिर निस्किएको’ भनेर थप आलोचित भएका छन् ।

अनुगमनका क्रममा उनले पीडितहरूलाई तीन दिनभित्र राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।

विपद्‌का कारण घटेका घटनालाई सरकारले गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले क्षतिको पूर्ण विवरण आइसकेपछि सरकारले त्यहीअनुरूप हेर्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved