काठमाडौं । एनसेल फाउन्डेसनले कपिलवस्तु नगरपालिका, वडा. नं ९, निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । एनसेलले प्रदेश स्तरमा संचालन भइरहेको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
सोमबार यस शिविरमा लगभग ४०० भन्दा बढी स्थानीयहरूले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरूको लाभ लिएका थिए ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरूले मुटु रोग तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए ।
बिहान १० बजेबाट सुरु भएको शिविरमा आएका मानिसहरूले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधीहरू पनि पाएका थिए । आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरू योजना बनाएको छ ।
एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा एनसेलले आफ्नो स्थापना पश्चात् शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब भन्दा बढी योगदान गरिसकेको छ ।
Facebook Comment
Comment